कोरोना अपडेट : थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, १६ : ५३
कोरोना अपडेट : थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २८० र ४ हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस