नारायणगोपाल चोकमा पूर्व युवराज पारस शाह र प्रहरीबीच लफडा

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, २२ : २१
नारायणगोपाल चोकमा पूर्व युवराज पारस शाह र प्रहरीबीच लफडा

काठमाडौँ । पूर्व युवराज पारस शाह र नेपाल प्रहरीबीच लफडा भएको छ । शुक्रबार साँझ नारायण गोपाल चोकमा शाह र प्रहरीबीच लफडा भएको हो ।

हेलमेट नलगाइ मोटरसाइकलमा हिँडेका पारसलाई अघि साँझ साढे ७ बजेतिर नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोकेपछि उनले उद्दण्डता देखाएका हुन् ।

प्रहरीले पक्राउ गरी चौकी लैजान खोज्दा पारसले एकहोरो जान्न, जान्न, जान्न भनेर प्रतिवाद गरेका छन् । उनले ‘तैले भन्दा जाने ?’ भनेर धम्क्याएको भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस