एमसिसीको प्रसङ्गमा नेता प्रदीप गिरिले भने– हामीलाई विदेशी डलरको भोकमात्र छ

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, १५ : ३२
एमसिसीको प्रसङ्गमा नेता प्रदीप गिरिले भने– हामीलाई विदेशी डलरको भोकमात्र छ

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले साझा विदेश नीति बनाउन माग गरेका छन् ।  शुक्रबार प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग एमसीसीको प्रसंग उठाउँदै उनले नेपालीहरूलाई विदेशी डलरको मात्र भोक रहेको बताएका छन्। 
उनले साझा विदेश नीति अवलम्बन गर्न नसकिएको समेत उल्लेख गरे।

‘एमसीसीको प्रयास अमेरिकाबाट आएको थियो। भोलि यस्तो कुनै प्रस्ताव भारत र चीनबाट आउला। युरोपियन युनियनबाट आउला। नेपाल भारत र चीनका छेउमा परेर सानो देखिन्छौं। हामी मानसिकतामा गरिब छौं। हामीलाई विदेशी डलरको मात्रै भोक छ’ उनले भने।  

बाँकी उनकै शब्दमा 
दोस्रो जनआन्दोलनको उपव्धिका बेलामा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थो। त्यही बेला अन्तरिम संविधान बन्यो। त्यो बेलका पात्र अहिलेको सरकारमा छन्। माओवादीका नेता, सभामुख समेत। मधेशवादी नेता। एमालेको त्यो बेलाका नेता पूर्वप्रधानमन्त्री माधव नेपाल हुनुहुन्छ। दलको तानाशही भन्दा माथि उठेर विवेक प्रयोग गर्ने सांसद। यो गठबन्धनका प्रत्येक साझेदारले संविधानको घोषणापछि आम जनतालाई किन लागेन बल्ल हाम्रो पालो आएछ। यस मोर्चाका सबे संगठकले खासगरी प्रचण्ड बाबुराम, उपेन्द्र र माधव नेपालले विगत १० वर्ष कसरी बितेछ, त्यसमा सोच्नुपर्‍यो। 

आम जनतामा असन्तोषलाई बिर्सेर सर्वोच्चको फैसलामा नरमौँ। संघीयता कागजमा सीमित छ। कोभिडको प्रतिकारमा स्थानीय सरकारले प्रशस्त काम गरेको छ। निजामती र प्रहरी ऐन बनेको छैन। वर्तमान प्रमले खोपखोप खोप भन्नुभएको छ धन्यवाद। वर्षौंदेखि देखिएको विकृति एकै दिनमा समाधान हुँदैन। हाम्रो लक्ष्य र मन्जिल के हो त्यसमा त्यसमा ध्यान दिनुपर्छ। मैले संविधानको विकृति र भाषागत त्रुटिमा असन्तोष जनाउने म कांग्रेसको एक्लो सांसद छ। संविधानमा जे जे त्रुटी भएपनि मधेश जनजाति दलितको माग पूरा गर्नुपर्छ।

खोपको कुरा छ। शुसानको कुरा छ। बेलामा खोप नआउने। संविधानले विभिन्न चुनौती आउने। विगतका प्रधानमन्त्रीले संविधानका प्रति खेल्ने आत्मविश्वास कसरी ल्याउनुभयो। उहाँलाई संविधान कार्यान्वयन सँग सन्तुष्ट छैनन् भन्ने थाहा थियो। वर्तमान सरकाले खोपलाई सम्झोओस् र आम जाताको समस्या समधान गरियोस्। 

विगतका भुलबाट सिकोस्। लोकतन्त्र भनेको चुनाव मात्रै होइन लेख्न पााउने अधिकार मात्रै होइन। गहिरो कुरा हो। मैले यहीँबाट ओलीलाई भनेको थिए लोकतन्त्र संख्यातन्त्र मात्रै होइन। वर्तमान सरकारले लोकतन्त्रको मर्मलाई बुझ्नुपर्छ। यसको जडसूत्रवादी व्याख्याबाट हामी उठ्नुपर्नेछ। यसपटक यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै संविधान नै असफल हुन्छ। संविधान असफल भएर केही नहोला व्यवस्था असफल हुन्छ। त्यो बेला अवस्था भयंकर हुनेछ। यो गठबन्धनको अहिले नै आलोचना गर्दिनँ, लक्ष्य पूरा गरोस्।

प्रतिक्रिया दिनुहोस