पाँच जना सवार रहेको स्कारपियो कर्णाली नदीमा खस्यो, दुई जना बेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, १४ : ५७
पाँच जना सवार रहेको स्कारपियो कर्णाली नदीमा खस्यो, दुई जना बेपत्ता

फाइल फोटो

धनगढी । कैलालीको चिसापानी स्थित कर्णाली नदीमा स्कारपियो गाडी खसेको छ। शुक्रबार दिउँसो केही बेरअघि नदीमा स्कारपियो खस्दा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्कारपियोमा पाँच जना सवार रहेको र दुर्घटनापछि दुई जना बेपत्ता भएका छन्। उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

हराउनेको पहिचान भने खुल्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस