पोर्नोग्राफी प्रकरण : मिडियामाथि खनिन् अभिनेत्री शिल्पा सेट्टी,आाफ्नो छवि बदनाम गरेको आरोप

एजेन्सी

शुक्रबार, १५ साउन २०७८, १२ : ०१
पोर्नोग्राफी प्रकरण : मिडियामाथि खनिन् अभिनेत्री शिल्पा सेट्टी,आाफ्नो छवि बदनाम गरेको आरोप

पोर्नोग्राफी प्रकरणमा पति राज कुद्राको गिरफ्तारीपछि मुम्बई क्राइम ब्रान्चको तर्फबाट भएको सोधपुछका क्रममा बलिउड अभिनेत्री शिल्पा सेट्टी मिडियामाथि खनिएकी छिन् ।शिल्पा सेट्टीले मिडियामाथि आफ्नो छवि बदनाम गर्ने आरोप लगाइन् र बम्बई हाईकोर्टमा बिहीबार मुद्दा दायर गरिन् । उनले २९ मिडियाकर्मीहरु र मिडिया घरानाविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छिन् । 

पति राज कुन्द्राको पोर्नोग्राफी केसमा गलत रिपोर्टिङ गर्दै मिडियाले छवि खराब गरिदिएको उनको आरोप छ । यस मामिलामा अदालतमा भोली सुनुवाई हुँदैछ । यसअघि नै जमानतका लागि राज कुन्द्राले दिएको अर्जीलाई मुम्बईको एक अदालतले खारेज गरिदिएको छ । राज कुन्द्रामाथि पोर्नोग्राफी फिल्म बनाउने र केही ऐप्समार्फत यसलाई प्रशारण गर्ने गरेको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस