धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको कर्तुत : गैरकानुनी रुपमा छोरीको नाममा १० हजार कित्ता गोल्डेन शेयर खरिद, अर्थ मन्त्रालयले सोध्यो स्पष्टिकरण

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, १० : ००
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको कर्तुत : गैरकानुनी रुपमा छोरीको नाममा १० हजार कित्ता गोल्डेन शेयर खरिद, अर्थ मन्त्रालयले सोध्यो स्पष्टिकरण

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारबाट नियुक्ति पाएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना आर्थिक चलखेलका कारण बारम्बार विवादमा तानिने व्यक्ति हुन् । उनी यस अघि पनि शेयर बजार नै प्रभावित नै हुने गरि संलग्न भएकोे कैंयौ समाचार संचारमाध्यममा सार्वजनिक भईसकेका छन् ।  अहिले फेरी, उनै बोर्डका अध्यक्ष ढुंगाना विवादमा तानिएका छन् । उनले आफ्नै छोरीको नाममा गैरकानुनी तवरले शेयर खरिद गरेर आर्थिक अपराध गरेका छन् ।

नियामक निकायमा रहेका व्यक्तिले परिवारको नाममा स्वार्थ बाँझिने गरि कुनै पनि कम्पनीको शेयर खरिद गर्न नपाइने कानूनी व्यवस्था छ । तर, ढुंगानाले सर्वोत्तम सिमेन्टको हजारौं कित्ता शेयर छोरीको नाममा खरिद गरेका छन् । नियामक निकायमा बसेर आफैले कानुन कार्यान्वयन गराउनुपर्नेमा ढुंगानाले पदीय मर्यादा विपरित छोरीको नाममा शेयर खरिद गरेको समाचार सार्वजनिक भएपछि अर्थ मन्त्रालयले ढुंगानासंग स्पष्टिकरण समेत सोधेको छ । ढुंगानालाई पत्र लेख्दै मन्त्रालयले तीन दिनभित्र स्पष्ट र तथ्यपरक जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको छ।  ढुंगानालाई पत्र लेख्दै मन्त्रालयल तीन दिनभित्र स्पष्ट र तथ्यपरक जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको छ।

 साउन १३ मा सोधिएको स्पष्टिकरण पत्रमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित समाचारप्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ ‘विभिन्न सञ्चारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा गराइदिनुहुन आदेशानुसार अनुरोध छ।’ स्रोतका अनुसार ढुंगानाले सर्वोत्तम सिमेन्टबाट गोल्डेन शेयर लिएका छन् । नेपालमा गोल्डेन शेयरको चर्चा धेरै पहिल्यैदेखि हुने गरेको छ । तर पछिल्लो पटक नियामक निकायमा रहेकाले नै गोल्डेन शेयर लिएर प्रभावित पार्न लागेको तथ्य सार्वजनिक भएको छ ।

कानुन कार्यान्वयन गर्ने निकायका व्यक्ति नै आर्थिक अपराधमा जोडिएपछि कस्को के लाग्दो रहेछ र ? शेयर बजारका एक जानकारले भने । ढुंगानाको छोरी रेबिकाले नाममा शेयर खरिद भएपछि सर्बोत्तमले बोनस शेयर समेत दिएको छ । त्यस आधारमा अहिले रेविकाको नाममा ११ हजार ९ सय १२ कित्ता शेयर पुगेको छ ।  बोर्डका पूर्व अध्यक्षले समेत नियामक निकायका प्रमुखले नै कानुन विपरित गोल्डेन शेयर लिने विषय पूर्ण रुपमा आर्थिक अपराध भएकाले ढुंगानालाई तत्काल वर्खास्त गर्नुपर्ने बताए ।

आर्थिक अपराधमा नियामक निकायको अध्यक्ष नै जोडिएपछि उनीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ । अर्थ मन्त्रालयले उनीहमाथि छानबनिका लागि एक समिति गठन गर्ने तयारी समेत गरेको छ । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत ६० लाख कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो कम्पनीको शेयर सर्वसाधारणलाई ७५० रुपैयाँ पर्ने जनाइएको छ । तर ढुंगानाले प्रतिकित्ता २५० रुपैयाँमा गोल्डेन शेयर खरिद गरेको श्रोतको दाबी छ ।  अमेरिका बस्ने ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा १० हजार कित्ता शेयर खरिद गरेको पाइएको छ । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रणाली प्रक्रिया सुरु भएपछि नै ढुंगानाले उक्त शेयर किनेर नियामकीय निकायको धज्जी उडाएका छन् ।

कानुन कार्यान्वयन गर्ने निकायका व्यक्ति नै आर्थिक अपराधमा जोडिएपछि कस्को के लाग्दो रहेछ र ? शेयर बजारका एक जानकारले भने । ढुंगानाको छोरी रेबिकाले नाममा शेयर खरिद भएपछि सर्बोत्तमले बोनस शेयर समेत दिएको छ । त्यस आधारमा अहिले रेविकाको नाममा ११ हजार ९ सय १२ कित्ता शेयर पुगेको छ ।  बोर्डका पूर्व अध्यक्षले समेत नियामक निकायका प्रमुखले नै कानुन विपरित गोल्डेन शेयर लिने विषय पूर्ण रुपमा आर्थिक अपराध भएकाले ढुंगानालाई तत्काल वर्खास्त गर्नुपर्ने बताए । बुक बिल्डिङ प्रणाली मार्फत जारी हुन लागेको कम्पनीको शेयर किनेर बजार प्रभावित पार्न खोज्नु कानूनी र नैतिक हिसाबले समेत मिल्ने विषय होइन ।

तर, अनैतिक काम बोर्ड अध्यक्ष ढुंगानाले गरेका छन् । नेपाल राष्ट्र बैंकमा रहँदा दुई हजार ५ सयको एउटा सामान्य बिल समेत दुई पटक देखाएर पैसा लिएका ढुंगानाले गोल्डेन शेयरमा यस्तो कुनै आश्चर्यको विषय नभएको उनलाई चिन्ने जान्नेहरु बताउँछन् ।  सर्वोत्तम सिमेन्टले मूल्यमा प्रभावित गराउनको लागि शेयर बजारको नियामक निकायका अध्यक्षको छोरीलाई गोल्डन शेयर दिएर प्रभावित बनाउन खोजेको जानकारहरुको भनाइ छ ।  सो विषयमा बुझ्न खोज्दा उनले धेरै पटक फोन उठाएनन् अन्त्यमा एउटा म्यासेज गरे र भने ‘सर्वोत्तम सिमेन्टका लगानीकर्ता म धितोपत्र बोर्डमा आउनु अगाडि अमेरिका गएको बेला सेयर किन्ने सहमति भएको हो, यसमा विवाद गर्नुपर्ने कुनै आवश्यकता नै देख्दिन ।’  जानकारहरुका अनुसार छोरीको विवाह भइसकेको र अमेरिकामा नै बस्ने गरेको दलिल उनले पेश गर्ने गरेका छन् । 

शेयर बजारलाई विस्तार गर्ने र वास्तविक क्षेत्रका उद्योग प्रतिष्ठानलाई समेत भित्र्याउने लक्ष्यका साथ सरकारले बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने प्रणाली ल्याएको थियो । यसको व्यवहारिक कार्यान्वयन नहुँदै विवादमा परेको छ । त्यो पनि नियमक निकायको प्रमुखबाटै । कानुन मिचेर काम गरिएको भन्दै ढुंगानालाई तत्काल कारवाही गर्न यसका जानकारहरुले अर्थमन्त्रीसँग आग्रह गरेका छन् । बोर्डका एक पूर्व अध्यक्षका अनुसार सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणालीबाट साधारण शेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेपछि नियामक निकायको अध्यक्षले छोरीको नाममा शेयर खरिद गरेपछि उनी नैतिक रुपमा अध्यक्षमा रहीरहन मिल्दैन । उनले तत्काल पदबाट राजीनामा दिनुपर्छ ।  

उनले बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा सेयर किनेको हुँदा सर्वोत्तम सिमेन्टको साधारण शेयरको बिक्री प्रक्रियामा नै छानबिन गर्नुपर्ने बताए । सर्वोत्तम सिमेन्टका अध्यक्ष बिष्णु न्यौपाने हुन् । केही दिनअघिसम्म ओलीको खास मानिस रहेका न्यौपाने सरकार परिवर्तन भए लगत्तै प्रधानमन्त्री पत्नी आरजू राणालाई भेटेर आफू काँग्रेस निकट व्यवसायी रहेको भन्न भ्याइसकेका छन् । 

ढुंगानालाई तत्कालिन सरकारले २०७६ साल पुस २१ गते बोर्डको अध्यक्षको रुपमा नियुक्त गरेको हो । झण्डै ३० वर्ष  नेपाल राष्ट्र बैंकमा बिताएका ढुंगाना त्यहाँ समेत विवादित पात्रका रुपमा स्थापित थिए । उता, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समेत सर्वोत्तम सिमेन्टबाट गोल्डेन शेयर लिएका छन् । साउदले पनि श्रीमती सुशिला बोहोराको नाममा १० हजार कित्ता शेयर खरिद गरेको विभिन्न संचारमाध्यममा समाचार सार्वजनिक भएका छन् । शेयर बजारको नियामक निकाय र बजार व्यवस्थापनका प्रमुखले नै गोल्डेन शेयर लिएर बजार प्रभावित पार्न खोजेपछि शेयर लगानीकर्ता आक्रोशति भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस