काठमाडौँ । सत्तारुढ गठबन्धनले माधव नेपाललाई सरकारमा आउन भोलिसम्मको अल्टिमेटम दिएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा आउने नआउने टुंगो लगाउन भोलि शुक्रबारसम्म अल्टिमेटम दिएका हुन् । सरकार गठनको तीन साता हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको अवस्थामा दुवै दलले नेता नेपाललाई सरकारमा आउन दबाब दिएका हुन्।
तत्कालीन केपी ओली नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गरेका पाँच दलीय गठबन्धनले नयाँ सरकार बनाएको लामो समय हुँदा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि थप दबाबमा परेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार दिउँसो कोटेश्वर पुगेर नेता नेपाललाई भेटेर सरकारमा आउन आग्रह गरेका छन् । प्रचण्डलाई नेता नेपालले सल्लाह भइरहेको बताएका छन् । प्रधानमन्त्री देउवा भोलि या आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने तयारीमा छन्।
नेता नेपाल भने एमाले कानुनी रुपमा विभाजित नभएसम्म सरकारमा जाँदा राजनीतिक रुपमा घाटा हुने निचोडमा छन्। तर उनलाई आफ्नै समूहका नेताहरुले सरकारमा जानुपर्ने दबाब दिइरहेका छन्। प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार सम्भवत आइतवार मन्त्रिपरिषद् विस्तार हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ साउन २०७८, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी बनाउने आँट छ, मुद्दाकै कारण बिदा गरे स्वीकार्छु: माधव नेपाल
एमालेमा अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन: माधव नेपाल
विचार मिल्नेसँग एकता गरेर जान्छौं: माधव नेपाल
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल