काठमाडौँ । सांसद पदमा पुनर्बहालीको माग गर्दै चारजना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटको सुनुवाई न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा हुने भएको छ।
पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदमा पुनर्बहालीको माग राख्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
उनीहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीको इजलासमा पेशी तोकिएको हो। आफूहरु तत्कालिन नेकपामा रहेकोले एमालेमा प्रवेश नगरेकोले माओवादी केन्द्रमै रहेको उनीहरुको जिकिर छ। एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि यी चारैजना नेताहरु पद छाड्ने तर ओलीको साथ नछाड्ने भन्दै एमालेतिर लागेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ साउन २०७८, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चर्चित मुद्दाको फैसला र बहस गरेको दिन सामाजिक सञ्जाल नहेर्नुस् : न्यायाधीश पोखरेल
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी