काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व पौडेलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डा. पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा नेपाल सरकारका मन्त्री, सचिवलगायतको सहभागिता रहेको थियो ।
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डा पौडेललाई योजना आयोगमा नियुक्त गर्ने निर्णय गरेको थियो । पौडेल युवा अर्थविद्का रुपमा चर्चित छन् ।
यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ साउन २०७८, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनुदान लिन राष्ट्रिय योजना आयोगले माग्यो प्रस्ताव
मुख्यसचिव अर्यालले दिए राजीनामा