काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ । यो इतिहासकै उच्च विन्दु हो ।
यस अघि मंगलबार पनि २९.२४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । बुधबार पुनः नयाँ रेकर्ड कायम भएको छ ।नेप्से परिसूचक १५ दशमलव ३० अंकले बढ्दा सेन्सेटिभ इन्डेक्स भने स्थिर देखिएको छ । नेप्से परिसूचकले नयाँ रेकर्ड राखे पनि कारोबारमा खासै उत्साह देखिएन ।
दिनभर भएका १ लाख २८ हजार ७८० कारोबारबाट २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ पुगेको छ ।कारोबार रकम मंगलबारको भन्दा करिब २ अर्ब रुपैयाँ कम हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ साउन २०७८, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार