ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दम्पत्तीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, ०८ : ५४
ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दम्पत्तीको मृत्यु

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकलमा ठक्कर दिदा मोटरसाईकलमा सवार दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्टको ज्यान गरेको प्रहरीले जनाएको छ ।

दुवैजना दम्पती रहेको प्रहरीको भनाई छ । दुर्घटना गए राति साढे १० बजे तिर भएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवता सुमन तिमल्सिनाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट पूर्णबहादुर र भिमा  गम्भीर घाइते भएकोमा  उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेको थिए ।  मोटरसाइकललाई ठक्कर दिने  ट्रक र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस