प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, २१ : ४५
प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केनबीच टेलिफोन वार्ता भएको छ ।

CG Developers Tansen Cement box

भारत भ्रमणमा रहेका विदेशमन्त्री ब्लिंकने र प्रधानमन्त्री देउवाबीच भएको कुराकानीमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपाललाई अमेरिकाले दिएको १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अरु सहयोगका विषयमा पनि छलफल भएको थियो ।
ब्लीन्केनले पनि सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवासँग कुराकानी गर्नु पाउँदा खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस