राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १७ : ४३
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई योजना आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई आयोगको सदस्य नियुक्त गरिएको छ । गुरुङ यसअघि पनि आयोगको सदस्य थिए ।

यस्तै सरकारले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ । ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका शेरचनलाई लुम्बिनी प्रमुखमा लगिएको हो ।

संविधानको धारा १६३ को उपधारा ४ बमोजिम प्रदेश प्रमुखमा एकै जना व्यक्ति दोहोरिन नपाउने भएपछि शेरचनलाई लुम्बिनी प्रमुखमा लगिएको हो ।मन्त्रिपरिषद वैठकले ओली सरकारले नियुक्त गरेका प्रदेश २ का प्रमुख डा. राजेश झा, गण्डकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउने निर्णय गरेको थियो । प्रदेश २ को प्रमुखमा कसलाई नियुक्त गर्ने भन्ने निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस