भारत–श्रीलंकाको ट्वेन्टी–ट्वेन्टी क्रिकेट स्थगित

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १७ : ३३
भारत–श्रीलंकाको ट्वेन्टी–ट्वेन्टी क्रिकेट स्थगित

एजेन्सी । श्रीलंकासँग एकदिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखला खेल्न श्रीलंका पुगेका भारतीय टीमका खेलाडी क्रुणाल पाण्ड्यालाई कोरोना संक्रमण देखिएपछि पहिलो ट्वेन्टी–ट्वेन्टी खेल स्थगित भएको छ ।

खेलअघि मंगलबार बिहान भएको कोरोना परीक्षणमा पाण्ड्यालाई संक्रमण भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले जनाएको छ । पाण्ड्याको नजिकको सम्पर्कमा आएका आठ सदस्यलाई मेडिकल टीमले पहिचान गरिहसकेको पनि बीसीसीआईले जानकारी दिएको छ ।

पाण्ड्यालाई संक्रमण भएपछि उनको साथमा गएका सम्पूर्ण टीमको कोरोना परीक्षण गरिएको छ । परीक्षणको रिपोर्ट आउन बाँकी छ । कोरोना संक्रमणपछि श्रीलंकाका राजधानी कोलम्बोमा मंगलबार हुने भनिएको ट्वेन्टी–ट्वेन्टी खेल स्थगित गरिएको छ । यो खेल बुधबार खेलिने भएको छ ।

प्रतिक्रिया दिनुहोस