कोरोना अपडेट : थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १६ : ३७
कोरोना अपडेट : थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १  हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २० जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ।

देशभर हालसम्म २८ हजार ८३६ जना सक्रिय संक्रमित छन्। मंगलबार १ हजार ७७८ संक्रमणमुक्त भएका छन्।