एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १४ : २४
एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । नेपालका लागि नेपाली पार्टीले अमेरिकी मिल्लेनियम च्यालेन्ज सहयोग एमसीसीको विरोधमा प्रदर्शन गरेको छ ।

मंगलबार माइतीघर मण्डलामा एमसीसी खारेजीको माग गर्दै उक्त पार्टीका कार्यकर्ताहरुले विभिन्न नारा अंकित ब्यानर प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले एमसीसीका पक्षधर सांसदहरुलाई बहिस्कार गरौँ, युवा विदेशमा खन्दैछन्, नेता डलर गन्दैछन्, एमसीसी खारेज गर, स्वाधीन नेपाललाई पराधीन बनाउन पाइँदैन एमसीसी चाहिँदैन, पृथ्वीपथ जिन्दावाद, गरीखान देउ लगायत नाराअंकित प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस