नेकपा एमाले माधन नेपाल समुहको स्थायी कमिटि बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, १० : ३०
नेकपा एमाले माधन नेपाल समुहको स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले आजपनि निरन्तरता पाउने भएको छ । आइतबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । 

पार्टी एकताका विषयमा बैठक केन्द्रित हुने एक नेताले बताए ।  हिजो बसेको बैठकमा स्थायी कमिटी सदस्यहरुले पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । “एकता गरेर जानुपर्छ भनेर धेरै साथीहरूले राय राख्नुभयो । छलफल टुंगिएको छैन’,नेता रघुजी पन्तले भने ।

बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो । कार्यादलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए । 

प्रतिक्रिया दिनुहोस