लण्डनमा अविरल वर्षाका कारण विभिन्न क्षेत्रको जनजीवन प्रभावित

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, ०९ : ०१
लण्डनमा अविरल वर्षाका कारण विभिन्न क्षेत्रको जनजीवन प्रभावित

एजेन्सी । अविरल वर्षाका कारण लण्डनका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । पानी तीव्र गतिमा बढ्न थालेसँगै लण्डनका विभिन्न सडकमा यातायात सेवा अवरुद्ध भएको तथा अण्डरग्राउण्ड सडकहरु प्रभावित भएको उल्लेख छ ।

बाढीका कारण बाटो अवरुद्ध हुनुका साथै घरका तल्लो वा अण्डरग्राउण्डमा पानी पसेको हो । आइतबार केही घण्टाको अन्तरालमा परेको पानीका कारण भल–बाढी आएको हो ।

अधिकारीहरुले सर्वसाधारणलाई जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न सुझाव दिएका छन् । लण्डनका दुई क्षेत्रमा बाढीको जोखिम रहेको स्थानीय वातावरण एजेन्सीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस