निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री र आईजीपीलाई प्रधानमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

आइतबार, १० साउन २०७८, २० : ४४
निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री र आईजीपीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर हत्यारा पत्ता लगाउन निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री देउवाले आइतबार गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक थापालाई बोलाएर निर्मला पन्त हत्या प्रकरणमा हालसम्म भएको अनुसन्धानबारे जानकारी लिएको जनाएका छन् । 

‘आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु’, देउवाले ट्वीटरमार्फत भनेका छन्, ‘चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’

१३ वर्षको उमेरमा निर्मलाको बलात्कारपछि हत्या भएपनि हत्यामा संलग्न अझै कारबाहीको दायरामा आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस