काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद फेरि पुनःस्थापना गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संसद पुनःस्थापनापछिको पहिलो बैठकमा बोल्दै नेता नेपालले संसद पुनःस्थापनाका कारण सबैको भेट भएकोमा खुसी ब्यक्त गरे ।
उनले भने, ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ, संसद फेरि पुनर्जीवित भएका छौं । हामी सबैलाई बधाई छ, हामी एउटा सङ्घर्षबाट सफल भएर भेट भएका छौं । संसद पुनःस्थापना नभएको भए हामी कोरोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँ जानुपर्ने अवस्था हुन्थ्यो, त्यसको हामीले अन्त्य गरेका छौं । अब संसदलाई प्रभावकारी बनाएर लैजानुपर्नेछ।’
नेता नेपालले नयाँ सरकार बनेको र यो सरकारले हिजोको सरकारका नराम्रा कुराबाट सिकेर अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले पूर्णता पाइनसकेको बताउँदै उनले सरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरू कार्यान्वयन भएको छ कि छैन त्यसबारे क्रियाशील हुनुपर्ने बताए ।
उनले यसबारे संबन्धित मन्त्रीलाई भन्नुपर्ने, कर्मचारीतन्त्रलाई पनि सम्झाउनुपर्ने बताए । उनले आवश्यकता अनुसार नेपालको परराष्ट्र नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए । साथै समितिको बैठकलाई प्रभावकारी बनाउन नियमित रूपमा बैठक सञ्चालन गर्न, विषय विज्ञसँग छलफल गर्न र बैठकमा नियमित रूपमा सहभागी हुन सांसदहरूलाई आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० साउन २०७८, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा