काठमाडौँ । पार्टीको आधिकारिकता छिनोफानो गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा हुने भएको छ।
सर्वोच्चमा न्यायाधीश रेग्मीको इजलासमा सो मुद्दाको पेशी आइतबारका लागि तोकिएको हो। आयोगले गएको बिहीबार पार्टीका केन्द्रीय कार्यकारिणी परिषदका सदस्यलाई सोमबार आधिकारिकता टुंग्याउन आफ्नो आधिकारिक परिचयपत्र लिएर आउन भनेको छ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी परिषदमा जसको पक्षमा बहुमत पुग्छ उसैलाई दलको आधिकारिकता दिने तयारी आयोगले गरेपछि ठाकुरले त्यसलाई रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
उनले आफूले दल सम्बन्धी ऐनको दफा ५१ बमोजिम अद्यावधिकका लागि दिएको निवेदन अस्वीकार गरि यादवले दफा ४४ (१) अनुसार दिएको निवेदनमाथि सुनुवाइ गरेको गैरकानूनी भएको जिकिर निवेदनमा गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० साउन २०७८, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा