हुम्लामा जुवाको खालबाट १९ जुवाडे पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, २१ : ४३
हुम्लामा जुवाको खालबाट १९ जुवाडे पक्राउ

हुम्ला । जुवा खेल्दै गरेको अवस्थामा हुम्लामा १९ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले सीमकोटबाट जुवा खेलिरहेकै खालबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले सिमकोट स्थित माथिल्लो बजार भन्ने स्थानको एक घरबाट दुई समुह बनाएर जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माका अनुसार उनीहरुको साथबाट  ४३ हजार ३१६ रुपैयाँ समेत बरामद भएको छ ।

प्रहरीले जुवा खेलिरहेको अवस्थामा विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको बताए । जुवाको खाबाट राजनीतिक दलका नेता, सरकारी कर्मचारी, बैंकका कर्मचारी, व्यापारी र सर्वसाधारण समेत रहेपनि प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन् । को बनाइएपनि प्रहरी प्रमुख शर्माले नाम भने उल्लेख गर्न चाहेनन् । 

प्रतिक्रिया दिनुहोस