ओली र राष्ट्रपतिबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १९ : ४१
ओली र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली शितलनिवास पुगेर राष्ट्रपतिसमक्ष दुई घन्टा भेटवार्ता गरेका हुन् । 

सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिमाथि महाअभियोग तयारी गरिरहेको चर्चा चलिरहेका बेला ओली र राष्ट्रपतिबीच भेटवार्ता भएको हो । दुई जनाबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस