अब स्वदेशी लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई गतिशील बनाउछौँ : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १७ : १५
अब स्वदेशी लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई गतिशील बनाउछौँ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी लगानीकर्ताको लगानी सम्मेलन गर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको सुझावपत्र शुक्रबार ग्रहण गर्दै उनले विदेशी लगानीकर्ताको सम्मेलन गरिँदै आएकामा अब स्वदेशी लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई गतिशील बनाउने बताए।

स्वदेशी लगानीकर्तालाई प्रोत्साहित गर्ने र गरिबी अन्त्य गर्ने उद्देश्यका साथ स्वदेशी लगानी सम्मेलन गर्ने सोचिएको उनले बताए। भेटघाटका क्रममा चेम्बर अफ कमर्सले अर्थमन्त्रीसमक्ष २० बुँदे सझावपत्र पेस गरेको छ।

चेम्बरले निजी क्षेत्रलाई कोभिड खोपमा प्राथमिकता दिनुपर्ने, कृषि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने, निर्यात अनुदानको व्यवस्था गरिनुपर्ने, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमा रोजगार, नकारात्मक सूचीमा रहेका वस्तुबाहेक अन्य क्षेत्रको अन्तशुल्क हटाउनुपर्नेलगायत सुझाव दिएको छ। मन्त्री शर्माले चेम्बरको सुझाव अध्ययन गरी आवश्यक निर्णय गरिने प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस