सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदल बैठक सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १६ : ४३
सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदल बैठक सुरु

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदल बैठक सुरु भएको छ । कार्यदलका सदस्य रमेश लेखकका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजेबाट कार्यदलको बैठक जारी छ ।

सत्तासीन काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलको यो पहिलो बैठक हो । बैठकमा काँग्रेसबाट संयोजक खड्का, सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन् ।

बैठकले सरकार सञ्चालनको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई राय सुझाव दिने रमेश लेखकले बताए । कार्यदलले गठबन्धनलाई मजबुत बनाएर लैजाने उद्देश्यका साथ काम गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस