कोरोना अपडेट : थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्‍यु

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १६ : ०३
कोरोना अपडेट : थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८२ र ३ हजार ६ सय १० जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ९५ जना गरी २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्‍यु भएको छ भने १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।