रेशम चौधरी लगायतका राजबन्दीहरुको अविलम्ब रिहाइ होस् : अनिला झा

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १५ : २१
रेशम चौधरी लगायतका राजबन्दीहरुको अविलम्ब रिहाइ होस् : अनिला झा

file-photo

काठमाडौं । जसपा नेता अनिल झाले रेशम चौधरी लगायतका राजवन्दीहरुको अविलम्ब रिहाइ गर्न माग गरेका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिदै नेता झाले एकातिर वार्ता र अर्कोतिर आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने क्रम नरोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘मधेस आन्दोलनका सम्बोधन हुन बाँकी रहेका मुद्दाहरु र लामो समयदेखि जेल जिवन बिताइरहेका रेशम चौधरी लगायत धेरैको मुद्दा फिर्ता लिन ध्यानाकर्षण गराउँछु’, झाले सरकारको ध्यानाकर्षण गराए । उनले मधेस आन्दोलनका मुद्दा सम्बोधन भएमात्रै देशमा शान्ति र स्थिरता आउने दावी समेत गरे ।  

प्रतिक्रिया दिनुहोस