काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका छन् ।
पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टी एकताका लागि यस्तो प्रस्ताव गरेका हुन् । आजको बैठकमा ओलीले आफू एकताका लागि हदैसम्म लचिलो भएकाले अन्तिमसम्म पनि प्रयास जारी राख्ने बएका छन् ।
उनले १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको र एकता भएमा सबै संरचनाहरु २०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समेत उल्लेख गरेका थिए । उनले थपे, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे । मिल्ने हो भने पार्टी एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार छु । तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ साउन २०७८, २१ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड