काठमाडौंको भोटेबहालबाट १२ जुवाडे पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, १९ : ४४
काठमाडौंको भोटेबहालबाट १२ जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौंको भोटेबहालबाट १२ जुवाडे पक्राउ परेका छन् । स्थानीय दिनेश कुमार शेरचनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर कालिमाटीबाट खटिएको टोलीले जुवाडेलाई पक्राउ गरेको हो । 

जुवाडेको साथबाट प्रहरीले २ लाख ९१ हजार ४००  रुपैयाँ २१ बुक तास, चेक बुक लगायत बरामद गरेर कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस