मङ्गलबारे । इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।
मङ्गलबार साँझ आगलागी भएको हो । विद्युत् सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार घरमा भएका लत्ताकपडा तथा सबै सामान जल्दा रु ४४ लाख ७४ हजार ४०० बराबरको क्षति भएको हो ।
आगो निभाउन स्थानीयवासीले प्रयास गरे पनि नसकिएपछि घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयवासीको भनाइ छ । देउमाई र इलाम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासी आगो निभाउन खटेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ साउन २०७८, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि