काठमाडौं । भारतमा सफ्टवेयरबाट नेपाली राजदुत निलाम्बर आचार्यसम्मको फोन जासुसी गरिएको खबर सार्वजनिक भएपछि नेपाल सरकारले यसवारे भारत सरकारको धारणा माग गर्न दिल्ली स्थित राजदुतावासलाई निर्देशन गरेको छ ।
परराष्ट« मन्त्रालयले मंगलबार नै दिल्लीस्थित राजदुत आचार्यलाई टेलिफोन गरी त्यसबारे आधिकारिक रुपमा भारत सरकारको धारणा माग गर्न निर्देशन गरेको हो । ‘यो विषय हाम्रो जानकारीमा आएको छ । भारत सरकारको औपचारिक प्रतिक्रिया बुझ्न हामीले दूतावासलाई भनिसकेका छौं,’ परराष्ट्रका एक अधिकारीले भने ।
इजरायली कम्पनी एनएसओले बनाएको स्पाइवेयर (जासुसी सफ्टवेयर) पेगाससमार्फत संसारभर करिब ५० हजार फोनको जासुसी गरिएको रिपोर्ट सार्वजनिक भएको थियो । त्यसमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगै दिल्ली मिसनमा रहेका नेपाल सहित चीन, इरान, पाकिस्तानका राजदूतको समेत फोन ह्याक भएको खबर सार्वजनिक भएको छ ।
एनएसओ (कम्पनीका मालिक निभ, सालेभ हुलियो र ओम्री लाभीका नामबाट स्थापित कम्पनी) ले विकास गरेको पेगासससँग आफ्नो कुनै पनि साइनो नभएको भारत सरकारले दाबी गरेपनि विपक्षीहरुले त्यसलाई स्वकार्न सकेका छैनन् ।
भारतीय व्यक्तित्वहरूको नम्बर कसरी पेगाससको ‘डेटा सेन्टर’ मा पुग्यो भन्ने प्रश्न विपक्षी दल र सञ्चारमाध्यमहरूले उठाएका छन् । भारतीय समाचारमा जनाइएअनुसार पेगाससले सन् २०१७ देखि २०१९ को अवधिमा फोन जासुरी गरिएको खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ साउन २०७८, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्री आरजूसँग रेशमको भेट
परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
धेरै बजेट खर्च गर्नेमा परराष्ट्र पहिलो, उद्योग मन्त्रालयको सबैभन्दा कम
परराष्ट्रका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस