‘नेपाल आइडल’ फेरि सुरु हुने

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, १५ : ३८
‘नेपाल आइडल’ फेरि सुरु हुने

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि शुरु हुने भएको छ । शोका निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै शुरु हुने जानकारी दिए ।

‘फ्रेन्चाइजको लागि हामीसँग ३ वर्षको मात्र अनुमति थियो । अहिले फेरि नयाँ सिजका लागि मौखित अनुमति मिलेको छ । लिखित प्राप्त हुनासाथ शो शुरु हुन्छ’ पौडेलले थपे ‘आशा गरौ छिट्टै हुनेछ  ।

अव शुरु हुने सिजनमा जज भने फेरिनेछन् । यस अगाडि शोमा देखिदै आएका जजले अन्य शोमा काम गर्न थलिसकेकोले जर्ज फेरिने भएका हुन् । नयाँ जर्ज भएपनि नेपाली सांगीतिक क्षेत्रका स्थापित व्यक्तिहरू नै रहने निर्माण युनिटले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस