काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
उनीहरु दुवै पक्ष बिच आज बिहान ओली निवास बालकोटमा भएको भेटमा सरकारसँगको तीनबूँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा छलफल भएको भेटमा सहभागी एक नेताले बताए । भेटमा नेकपाका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायतका नेता सहभागी थिए ।
ओली नेतृत्वको सरकारसँग सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएको चन्द नेतृत्वको नेकपासँग त्यतिबेला भएका सहमति कार्यान्वयनका लागि विप्लवले राजनीतिक भेटवार्ता तीव्र पारेका छन् । एक साता यता विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष डा। बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ साउन २०७८, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने