इदको पूर्वसन्ध्यामा इराकमा बम विष्फोट, २५ जनाको मृत्यु

एजेन्सी

मंगलबार, ०५ साउन २०७८, १० : २६
इदको पूर्वसन्ध्यामा इराकमा बम विष्फोट, २५ जनाको मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दादको व्यस्त बजार क्षेत्रमा भएको बम आक्रमण हुँदा २५ जनाको मृत्यु भएको छ । इदको किनेमेलका लागि मानिसहरुको भिड भएका बेला बजार क्षेत्रमा बम आक्रमण भएको हो ।

घटनामा धेरै मानिस घाइते भएका स्थानीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बग्दादको उत्तरी सद्री बजार क्षेत्रमा बिस्फोट भएको हो। मंगलबारको इदका लागि किनेमेलका लागि गएका मानिसहरु बिस्फोटमा परेका हुन् ।

घटनाको इस्लामिक स्टेट (आइएस) ले बिस्फोटको जिम्मेवारी लिएको छ। उसले आफ्ना एक सदस्यले आत्मघाती बिस्फोट गराएको सार्वजनिक गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस