काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार टेलिफोन वार्ता भएको छ । फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।
टेलिफोन संवादपछि भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै कोभिड-१९ महामारीविरुद्ध दुई मुलुक मिलेर लड्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् । वृहत हितका साझा विषयमा समेत मिलेर अघि बढ्ने दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।
भारतले नेपाललाई १० लाख डोज अस्ट्राजेनेका खोप दिन बाँकी छ । भुक्तानी लिइसकेर पनि भारतले खोप आपूर्ति गरेको छैन ।
सो क्रममा देउवाले बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै साझा विषयहरुमा सहकार्य गर्न तयार रहेको धारणा राखेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ साउन २०७८, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा