काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन् ।
उनको आग्रह स्वीकादै काँग्रेसका सभापति समेत रहेक देउवाले अब सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि कार्यक्रम नगर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री भएलगत्तै पार्टीको बैठक बालुवाटारमा राखेपछि प्रधानमन्त्री देउवा आलोचित भएका थिए ।
नेता थापाले आज बिहान सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँलेुपार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नुभन्ने विश्वास दिलाउनु भएको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ साउन २०७८, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा
‘हामी न झुक्छौँ, न झुकिन्छौँ’: गगन थापा
आफैँले हुँदैन भनेर गठबन्धनबाटै चुनाव लडेँ, गल्ती गरेकै हुँ: गगन थापा
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउँछ’ : गगन थापा