काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन् ।
उनको आग्रह स्वीकादै काँग्रेसका सभापति समेत रहेक देउवाले अब सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि कार्यक्रम नगर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री भएलगत्तै पार्टीको बैठक बालुवाटारमा राखेपछि प्रधानमन्त्री देउवा आलोचित भएका थिए ।
नेता थापाले आज बिहान सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँलेुपार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नुभन्ने विश्वास दिलाउनु भएको छ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ साउन २०७८, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड