काठमाडौं । जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बस्नु अघि जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका सांसदहरूलाई छलफलका लागि १ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको जसपाले संसदहरूलाई सोही अनुसार ‘ब्रिफिङ’ गरेर त्यहाँबाट सिधै बानेश्वरस्थित संसद् भवन लगिने जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य इस्तियाक राइले बताए ।
‘प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भइसकेपछि आज हुने मतदानमा कसरी प्रस्तुत हुने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘हिजोसम्म १९ जना सांसद यो पक्षमा थिए आज त्यसमा बढ्न सक्ने सम्भावना रहेको छ । त्यसको लागि पनि बैठक बोलाइएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रको बैठक जारी
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै
एमाले संसदीय दलको बैठक जारी
बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय
कांग्रेस संसदीय दलको बैठक सुरु