कोरोना अपडेट : १ हजार ८७५ जनामा संक्रमण पुष्टि,२१ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १६ : ३७
कोरोना अपडेट : १ हजार ८७५ जनामा संक्रमण पुष्टि,२१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १ सय बढी संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १ हजार ८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २ हजार १६४ जना संक्रमण मुक्त भएका हुन् । 

यस्तै देशभर कोरोनाबाट थप २१ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ।