दमकबाट ११ जुवाडे पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, ०९ : १५
दमकबाट ११ जुवाडे पक्राउ

झापा ।  जुवातास खेलिरहेको अवस्थामा प्रहरीले झापाको दमकबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट २ लाख ८ हजार ९५ रुपैयाँ नगद पनि बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार उनीहरुलाई शुक्रबार साँझ ६ बजे दमक नगरपालिका ७, हाटखोलास्थित कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घरधनी ४० वर्षीय राईसहित गौरादह नगरपालिकाका ४२ वर्षीय दिनेश अधिकारी, ३८ वर्षीय ईन्दुकुमार राजवंशी, ३२ वर्षीय निर्मल थापा, ३४ वर्षीय अंकित कार्की, दमक नगरपालिकाका ४२ वर्षीय रामबहादुर धिमाल, ४० वर्षीय राजन दाहाल, ४४ वर्षीय गंगा पाठक, ३३ वर्षीय विजय सिंह, इटहरी उपमहानगरपालिकाका २६ वर्षीय मिलन राई र ३५ वर्षीय विक्रम गुरुङ रहेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस