कोरोना अपडेट : थप २ हजार ९३६ जनामा संक्रमण पुष्टि, ४३ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, १६ : २३
कोरोना अपडेट : थप २ हजार ९३६ जनामा संक्रमण पुष्टि, ४३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जना कोभिड संक्रमित थपिएका छन् ।  १४ हजार १८२ वटा नमुनाको परीक्षण गर्दा २ हजार ९३६  जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संखया ९ हजार ५०६ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस