डिपिएल : महेन्द्रनगरद्धारा काठमाडौँलाई १४३ रनको लक्ष्य

विहीबार, २९ चैत्र २०७४, १५ : ०७
डिपिएल : महेन्द्रनगरद्धारा काठमाडौँलाई १४३ रनको लक्ष्य

धनगढी । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौँ गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य दिएको छ । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो ।

पाँच ओभरमा मात्र १० रनको स्कोरमा महेन्द्रनगरले ६ विकेट गुमाउन पुग्यो । काठमाडौँका सन्नी पटेल एक्लैले ६ विकेट लिए । आरिफ शेख र पुनित मेहराले महेन्द्रनगरलाई सम्मानजनक स्कोरसम्म पु¥याए । मेहराले ५८ तथा शेखले ४३ रन बनाए ।

मेहराले ४२ बलमा चार छक्का र चार चौका प्रहार गरे भने शेखले ३९ बल खेल्दै एक छक्का र चार चौका हाने । करण केसीले १२ बलमा दुई छक्कासहित २१ रन बनाए । बलिङतर्फ कठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए । सुवोथ भाटी र पुष्प थापाले एक÷एक विकेट लिए । अहिले काठमाडौँ गोल्डेन्स १४३ रन पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।   -रासस

प्रतिक्रिया दिनुहोस