नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, १२ : ०३
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्रीबाट केपी ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर एमाले बैठक बसेको हो ।

बैठकको शुरुआत गर्दै ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताए ।

ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताएका छन् ।बैठकमा दश बुँदे सम्झौता,अदालतको फैसला र आगामी संघर्ष तथा को विषसंगठनयमा छलफल हुने एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

 

प्रतिक्रिया दिनुहोस