जसपा महन्थ ठाकुर पक्षको बैठक बस्दै, सर्वोच्चको आदेशको बारेमा धारणा बनाउने

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, ११ : ४२
जसपा महन्थ ठाकुर पक्षको बैठक बस्दै, सर्वोच्चको आदेशको बारेमा धारणा बनाउने

काठमाडौं । जसपा महन्थ ठाकुर पक्षको बैठक शुक्रबार बस्दैछ । सर्वोच्च अदालतको आदेश र वर्तमान सरकारबारे आफ्नो धारणा बनाउन ठाकुर पक्षले शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । यस्तै शनिबार कार्यकारिणी समितिको बैठक बोलाएको छ।  

उपेन्द्र यादव पक्ष प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भएको प्रति उत्साहित भएपनि ठाकुर पक्षको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । जसपा (महन्थ ठाकुर पक्ष) का कार्यकारिणी सदस्य अनिलकुमार झाले सर्वोच्चको आदेशको बारेमा जसपाको बैठक बसेर धारणा बनाउने बताए ।  

प्रतिनिधिसभामा जसपा महन्थ ठाकुर पक्षको बहुमत छ । ३२ जना सांसदमध्ये २० जना महन्थ ठाकुरको पक्षमा छन् । साउन ३ गतेदेखि निर्वाचन आयोगमा पार्टीको विवाद बारे बहस सुरु हुनेछ । त्यसअघि अर्थात २ गतेका लागि कार्यकारिणी र आजको लागि संसदीय दलको बैठक बोलाइएको हो । 

प्रतिक्रिया दिनुहोस