काठमाडौं । जसपा महन्थ ठाकुर पक्षको बैठक शुक्रबार बस्दैछ । सर्वोच्च अदालतको आदेश र वर्तमान सरकारबारे आफ्नो धारणा बनाउन ठाकुर पक्षले शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । यस्तै शनिबार कार्यकारिणी समितिको बैठक बोलाएको छ।
उपेन्द्र यादव पक्ष प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भएको प्रति उत्साहित भएपनि ठाकुर पक्षको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । जसपा (महन्थ ठाकुर पक्ष) का कार्यकारिणी सदस्य अनिलकुमार झाले सर्वोच्चको आदेशको बारेमा जसपाको बैठक बसेर धारणा बनाउने बताए ।
प्रतिनिधिसभामा जसपा महन्थ ठाकुर पक्षको बहुमत छ । ३२ जना सांसदमध्ये २० जना महन्थ ठाकुरको पक्षमा छन् । साउन ३ गतेदेखि निर्वाचन आयोगमा पार्टीको विवाद बारे बहस सुरु हुनेछ । त्यसअघि अर्थात २ गतेका लागि कार्यकारिणी र आजको लागि संसदीय दलको बैठक बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ साउन २०७८, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर