मेस्सी बार्सिलोनामै रहने सहमती

एजेन्सी

विहीबार, ३१ असार २०७८, ०८ : २७
मेस्सी बार्सिलोनामै रहने सहमती

बार्सिलोना‍ । चर्चित फुटबलर लियोनल मेसी सन् २०२६ सम्मका लागि बार्सिलोनामै रहने सम्झौता भएको छ ।  मेसी र बार्सिलोनाबीचको अनुबन्ध गत जुन ३० मा  समाप्त भएको थियो ।

सम्झौतासँगै यसअघि उनले क्लबबाट लिँदै आएको पारिश्रमिकको आधामै उनी नयाँ अनुबन्ध गर्न तयार भएका हुन् । बार्सिलोनाका नयाँ अध्यक्ष जोन लोपार्टाले मेसीलाई फेरि क्लबमै अनुबन्ध गर्नु आफ्नो प्रमुख लक्ष्य बनाएका थिए ।

बार्सिलोनामा रहेर मेसीले कीर्तिमान ६ सय ७२ गोल गरिसकेका छन् र यसक्रममा १० ला लिगा, चार युरोपेली च्याम्पियन्स लिग र सात कोपा डेल रे जितेका छन् । यस्तै उनले कीर्तिमानी ६ पल्ट बालोन डीअर पनि जितिसकेका छन् । कोपा अमेरिकाको समाप्तिपछि मेस्सी अहिले बिदामा छन् ।