चितवनमा पाँच जना संक्रमितको मृत्यु, २४ जना डिस्चार्ज

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १७ : १८
चितवनमा पाँच जना संक्रमितको मृत्यु, २४ जना डिस्चार्ज

चितवन । चितवनका विभिन्न अस्पतालमा आज पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विभिन्न अस्पतालबाट २४ जना संक्रमित निको भएर घर फर्केका छन् । भरतपुर अस्पतालबाट २, चितवन मेडिकल कलेजमा १ र पुरानो मेडिकल कलेजमा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

चितवनमा आज ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुरमा ६८, खैरहनीमा तीन, माडीमा २४ जना, रत्ननगर नगरपालिकामा ६ जना र कालिकामा १४ जना संक्रमित थपिएका हुन् । चितवनमा आज २४ जना मात्र कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस