काठमाडौँ । सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै विपक्षी गठबन्धन काँग्रेस र माओवादी केन्द्रबाट आज केही मन्त्रीहरुले सपथ लिने भएका छन् । दुवै पार्टीबाट को को मन्त्री बन्दैछन् त भन्नेमा पार्टीले अहिले सम्म निर्णय लिएको छैन ।
तर पार्टी नेताहरुका अनुसार काँग्रेसबाट शंशांक कोईराला, प्रकासमान सिंह, विमलेन्द्र निधी, बालकृष्ण खाँडको नाम चर्चामा रहेको छ । त्यसमा पनि कोईरालाले आफु स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएकाले स्वास्थ्यमन्त्री पाए जाने बताएका छन् । यस्तै माओवादी केन्द्रका नेताहरुका अनुसार यसपटक नयाँ अनुहारलाई प्राथमिकता दिन आज बसेको स्थायी समितिले निर्णय गरेको छ ।
माओवादी नेताहरुका अनुसार मन्त्रीमा निर्णय नगर्दा सम्म धेरैले अड्कलबाजी समेत गर्न थालेका छन् । सम्भावित मन्त्री हुनेको नाममा जनार्दन शर्मा, देवेन्द्र पौडेल, देव गुरुङसँगै पम्फा भुसाल, अञ्जना विसंखे, शशि श्रेष्ठको नाम अगाडी देखिएको छ ।
सरकारमा आफ्ना तर्फबाट कति र क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल गर्न माओवादीले मंगबालर पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ । त्यसलगत्तै मन्त्रीहरुकै सहभागिताबारे छिनोफानो गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवालाई भेट्न बुढानिलकण्ठ जाँदै छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असार २०७८, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक