काठमाडौँ । सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै विपक्षी गठबन्धन काँग्रेस र माओवादी केन्द्रबाट आज केही मन्त्रीहरुले सपथ लिने भएका छन् । दुवै पार्टीबाट को को मन्त्री बन्दैछन् त भन्नेमा पार्टीले अहिले सम्म निर्णय लिएको छैन ।
तर पार्टी नेताहरुका अनुसार काँग्रेसबाट शंशांक कोईराला, प्रकासमान सिंह, विमलेन्द्र निधी, बालकृष्ण खाँडको नाम चर्चामा रहेको छ । त्यसमा पनि कोईरालाले आफु स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएकाले स्वास्थ्यमन्त्री पाए जाने बताएका छन् । यस्तै माओवादी केन्द्रका नेताहरुका अनुसार यसपटक नयाँ अनुहारलाई प्राथमिकता दिन आज बसेको स्थायी समितिले निर्णय गरेको छ ।
माओवादी नेताहरुका अनुसार मन्त्रीमा निर्णय नगर्दा सम्म धेरैले अड्कलबाजी समेत गर्न थालेका छन् । सम्भावित मन्त्री हुनेको नाममा जनार्दन शर्मा, देवेन्द्र पौडेल, देव गुरुङसँगै पम्फा भुसाल, अञ्जना विसंखे, शशि श्रेष्ठको नाम अगाडी देखिएको छ ।
सरकारमा आफ्ना तर्फबाट कति र क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल गर्न माओवादीले मंगबालर पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ । त्यसलगत्तै मन्त्रीहरुकै सहभागिताबारे छिनोफानो गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवालाई भेट्न बुढानिलकण्ठ जाँदै छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असार २०७८, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बोलायो संसदीय दलको बैठक
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप
आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
कांग्रेस पदाधिकारी बैठक बस्दै
काँग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने