सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।
आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए । उनका अनुसार कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्र नेतृत्व तहमा पेस गरिने उनले जनाए ।
सहमतिको पहिलो बुँदामा पार्टीभित्रका अन्तरविरोधहरुलाई पार्टी भित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएको उल्लेख गरिएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटी सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशिल हुने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, २२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको पोलिटब्यूरो बैठक सुरु
एमालेले विद्या भण्डारीलाई विधान महाधिवेशनमा किन लगायो रोक ?
यस्तो बन्दैछ 'एमाले' को नयाँ विधान
एमाले पोलिटब्युरो बैठक आज, विधान संशोधन प्रस्तावमाथि छलफल हुने
एमालेमा वरिष्ठ उपाध्यक्ष हटाएर ११ पदाधिकारी र केन्द्रीय कमिटी १९९ मा झार्ने प्रस्ताव
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा