काठमाडौं । सिंहदबारमा जारी एमाले कार्यदलको बैठक गम्भीर मोडमा पुगेको छ । माधव नेपाल पक्षबाटै कार्यदलमा रहेका केही नेताहरु नेता नेपाललाई नै बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने लाइनमा उभिएपछि बैठक गम्भीर मोडमा पुगेको हो ।
नेताहरुका अनुसार घनश्याम भुसाल र रघुजी पन्त नेपालको अडानमा टसमस भएपनि उनी बाहेकका नेताहरु भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे उनलाई बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने कित्तामा उभिएको उच्च स्रोतले बताएको छ ।
सिंहदबारमा साढे ११ घण्टादेखि अहिले पनि जारी छ । केहीबेर बैठक हलबाट बाहिरिएर फेरि प्रवेश गरेका नेता घनश्याम भुसालले कार्यदलमा कुनै प्रगति नभएको बताए ।
‘वस्तुस्थित हिजोको भन्दा आज फरक छैन । हिजोअस्ती जुन ठाउँमा थियौँ, त्यही ठाउँबाटै छलफल प्रारम्भ भइरहेको छ । टुंगामो पुगिन्छ, पुगिँदैन अहिलेनै भन्न सक्ने अवस्था छैन। हेर्दै जाऔं’, उनले संवाददाताहरुलाई भने ।
यस्तै अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले पनि ठोस जवाफ दिएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह