काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोपको अभाव हुन नदिने बताएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै भने, ‘हामी खोपको अभाव अब हुन दिँदैनौँ ।’
केही समयअगाडि खोप अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउनेक्रम सुरू भएको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले भ्याक्सिन ल्याउन अन्य संवादहरू जारी राखेको पनि बताए।
‘अब जनतामा सचेतनाको पनि मात्रा बढेको छ। सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘लगभग यस वर्षको अन्त्यमा भ्याक्सिन लगाएर सक्ने गरी प्रयास गर्दैछौं। अब भ्याक्सिन अभावबाट तड्पिनु पर्ने अवस्था आउँदैन।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप