काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोपको अभाव हुन नदिने बताएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै भने, ‘हामी खोपको अभाव अब हुन दिँदैनौँ ।’
केही समयअगाडि खोप अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउनेक्रम सुरू भएको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले भ्याक्सिन ल्याउन अन्य संवादहरू जारी राखेको पनि बताए।
‘अब जनतामा सचेतनाको पनि मात्रा बढेको छ। सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘लगभग यस वर्षको अन्त्यमा भ्याक्सिन लगाएर सक्ने गरी प्रयास गर्दैछौं। अब भ्याक्सिन अभावबाट तड्पिनु पर्ने अवस्था आउँदैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने
‘सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिँदैन’ : ओली
‘मलाई र लेखक थुन्नुलाई यो सरकारले सुशासन ठानिरहेको छ’ : ओली
सरकारमा बसेकाहरू नै जेन-जीका नाममा मागपत्र मस्यौदा गर्दै कलाविहीन नाटक देखाउँदैछन् : ओली
वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट भएन : ओली