जारी भएको भोलिपल्टै किन भयो निर्देशिका संशोधन

पत्रपत्रिकाबाट

आइतबार, २७ असार २०७८, ०७ : २७
जारी भएको भोलिपल्टै किन भयो निर्देशिका संशोधन

काठमाडौं । बीमा समितिले जीवन बीमालेखसम्बन्धी जारी गरेको निर्देशिका २४ घण्टाभित्रै संशोधन गरेको छ । समितिले गत बुधवार जीवन बीमालेखसम्बन्धी पहिलोपटक निर्देशिका जारी गरेको थियो ।

त्यसको भोलिपल्ट अर्थात् बिहीवार नै समितिले उक्त निर्देशिका संशोधन गरेको हो । निर्देशिका संशोधन गर्दै समितिले बीमालेख रद्द तथा फिर्ता गर्न पाउने व्यवस्था खारेज गरेको छ ।

निर्देशिकाको दफा–२१ मा बीमालेख जारी भएको ३० दिनभित्र फिर्ता अर्थात् रद्द गर्न पाउनुपर्ने व्यवस्था गरिएको थियो । बीमा गर्ने व्यक्ति (बीमित) ले कम्पनीमा लिखित अनुरोध गरेमा बीमाशुल्कबापतको सम्पूर्ण रकम फिर्ता गरेर बीमालेख रद्द गर्न पाउने व्यवस्था गरिएको थियो ।

कम्पनीले मेडिकल अन्डर्राइटिङबापतको खर्च र बीमालेख जारी मितिदेखि फिर्ता गर्न लिखित जानकारी दिएको अनुरोध गरेको मितिसम्मको जोखिम वहन गरेबापत समानुपातिक बीमाशुल्क र टिकट दस्तुर कट्टा गर्ने व्यवस्था गरिएको थियो ।

तर, बिहीवार आएर समितिले निर्देशिकाको दफा २१ नै निष्क्रिय गराएर उक्त व्यवस्था खारेज गरेको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्देशिका संशोधन गर्दै बीमालेख फिर्ता गर्ने व्यवस्था खारेज गरेको बताए ।

त्यस व्यवस्थाले ‘लुप होल’ को समस्या निम्त्याउने देखिएपछि खारेज गरिएको उनले बताए । आर्थिक अभियानमा खबर छ ।

प्रतिक्रिया दिनुहोस